यु-१९ एसिया कपको लागि क्यानले छान्यो २८ खेलाडी

यु-१९ एसिया कपको लागि क्यानले छान्यो २८ खेलाडी

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी यु-१९ एसिया कपलाई लक्षित गरेर शनिबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

प्रतियोगिताको तयारी स्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ। प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।

नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन्।

यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। आसन्न संस्करणको एनपिएल आउँदो नोभेम्बरमा हुने तालिका छ।

कात्तिक ७, २०८३ शनिबार २०:५४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।