विद्युत सर्ट भएर आगलागी हुँदा हलेसीमा दुई घर जलेर नष्ट

विद्युत सर्ट भएर आगलागी हुँदा हलेसीमा दुई घर जलेर नष्ट
फाइल तस्बिर

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा विद्युत सर्ट भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

गएराति करिब नौँ बजे मङ्गलटारका कृष्णकुमार राईको जस्तापाताको छाना तथा ढुङ्गा/माटोले बनेको दुइतले घरमा जडान गरिएको विद्युत् सर्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएका हुन्।

आगलागीबाट घरभित्र रहेको नगद २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन्।

जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीको संयुक्त प्रयासमा आगलागी  नियन्त्रणमा आएको थियो।

कात्तिक ५, २०८३ बिहीबार १५:३४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।