क्यासिनोबाट नेपाली नागरिक पक्राउ
पर्सा :क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे खटिएको प्रहरी टोलीले बारा घर भएका ४ जना र रौतहट घर भएका १ जनालाई पक्राउ गरेको हो।
कात्तिक ४, २०८३ बुधबार १६:३१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।