राष्ट्रपति पौडेलको दशैँ, १०:२६ को साइतमा लगाए टीका र जमरा

राष्ट्रपति पौडेलको दशैँ, १०:२६ को साइतमा लगाए टीका र जमरा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा लगाए। राष्ट्रपति भवन शीतल निवासमा बुधवार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। 

आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएका थिए।

कात्तिक ४, २०८३ बुधबार १२:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।