विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं : पछिल्लो २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

यी विपद्का घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएका छन्। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ।

कात्तिक ३, २०८३ मंगलबार १५:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।