गोली प्रहारबाट टाइगरको छाती र पाखुरामा चोट
एजेन्सी : फुटबल खेलेर घर फर्कनेक्रममा गाडी भित्रै गोली प्रहार गरिएका भारतीय कलाकार टाइगर श्रफको छाती र पाखुरामा चोट लागेको छ।
महाराष्ट्रका उप मुख्यमन्त्री एकनाथ सिन्देसँगको तस्बिरमा उनको छाती र देब्रे पाखुरामा ब्यान्डेज गरेको देखिन्छ।आइतबार उनीबाट दुई जनाले गोली चलाउँदा चालक घाइते भएको बताइएको थियो।
सार्वजनिक भएको भिडियोमा पहिलो युवाले गोली चलाएको केही समयमै दोस्रो व्यक्ती टाइगर बसेको कारको झ्याल नजिक आएर पुन गोली हान्न खोज्दा बन्दुकले धोका दिएको देखिन्छ।
घटनापछि लरेन्स विश्नोइको समूहको नाममा घटनाको जिम्मा लिइएको छ।
गोली प्रहारको कारण सलमान खानसँग काम गर्नु बताइएको छ। फोन गरेर चेतावनी दिँदा पनि खानसँग काम गरेकाले गोली हानिएको दाबी गरिएको छ।
हिरण मारेको भन्दै सलमान खानलाई पटक पटक चेतावनी दिएपछि उनको सुरक्षा बढाइएको थियो। लरेन्स भने जेलमा छन्।
कात्तिक २, २०८३ सोमबार १२:०२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।