दशैं मनाउन काठमाडौं उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं : बडादशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।
अघिल्ला दिनहरूको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको र गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप रहेको उनले बताए।
दशैं मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।
कात्तिक १, २०८३ आइतबार १६:०९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।