भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं : भारतको हरियाणा राज्य, करनालस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ ।

भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको पहल तथा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा उनीहरुको उद्धार गरी नेपाल पठाइएको हो ।

द्धार गरिएका नेपाली नागरिकहरूमा सिरहाका पशुपति कुमार राम, राजनेश यादव र गणेश कुमार यादव रहेका छन्।

दूताबासले किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशी र सोही संस्थाका प्रदीप कुमार सिंहसँग समन्वय गरी बन्धक बनाइएकाहरुको सुरक्षित उद्धार, रिहाइ तथा स्वदेश फिर्ती सुनिश्चित गर्न आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन आग्रह गरेको थियो । 

दूतावासको आग्रहपछि कार्यकारी निर्देशक जोशीको अगुवाइमा भारतीय प्रहरी र ‘किन इन्डिया’ को टोलीले राइस मिलबाट उनीहरूलाई बन्धकमुक्त गराई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको हो।

असोज ३१, २०८३ शनिबार १४:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।