दशैंका लागि तीन दिन तातोपानी नाका खुल्ने
काठमाडौं : दशैंको समयमा अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन नेपाल-चीन सीमास्थित तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ।
दसैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले नाका अस्थायी रूपमा सञ्चालनमा ल्याउन पहल गरिएको उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने छ। यस अवधिमा नाकाबाट कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ।
असोज ३१, २०८३ शनिबार १३:४२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।