जनआस्थाका प्रकाशक किशोर प्रहरी नियन्त्रणमा, साइबर ब्यूरो लगियो

जनआस्थाका प्रकाशक किशोर प्रहरी नियन्त्रणमा, साइबर ब्यूरो लगियो

काठमाडौं : प्रहरीले जनआस्थाका प्रकाशक किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएर साइबर ब्यूरोमा लगेको छ। उनी विरुद्ध कमेडियन हिमेश पन्तले दिएको उजुरीको आधारमा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर ब्यूरोको कार्यालयमा लगेको हो।

केही दिन अगाडि श्रेष्ठ संलग्न जनआस्थामा हिमेशको परिवारले अर्काको जग्गा हडपेकोबारे समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि श्रेष्ठ र पन्तबीच सामाजिक सञ्जालमा छेडखानी र आरोप प्रत्यारोप चलेको थियो।

हिमेशले किशोरले आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए। किशोरले पनि हिमेशले सामाजिक सञ्जालबाट आफ्नो चरित्रहत्या र मानमर्दन गरेको भन्दै जाहेरी दिएका थिए।

ब्युरो स्रोतका अनुसार हिमेशलाई पनि ब्युरोमा बोलाइएको छ। दुवै पक्ष राखेर प्रारम्भमा छलफल गराउने र सहमति नभए प्रक्रिया अगाडि बढाउने ब्युरोका एक अधिकारीले उकेरासँग बताए।

असोज ३१, २०८३ शनिबार १३:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।