बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमा-बुवा गम्भीर घाइते

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमा-बुवा गम्भीर घाइते

खोटाङ : द्रुत गतिमा गुडेको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो।

दुर्घटनामा परी मृतकका आमा-बुवा गम्भीर घाइते भएका छन्। घाइते दम्पतीको बनेपास्थित सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए।

प्रहरीका अनुसार ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

असोज ३१, २०८३ शनिबार १४:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।