देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना घाइते भएका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालहरूमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ। त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका विपद्का घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मोरङ, सप्तरी, पाल्पा, सुर्खेत, कालीकोट र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्। 

त्यस्तै मोरङ, धनकुटा, महोत्तरी, काठमाडौं, कैलाली र कञ्चनपुरमा आगलागीका घटना भएका थिए। प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विपद्का घटनाबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको छ।

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन तथा व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ। मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। 

विपद्का समयमा सावधानी अपनाउन र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके जनधनको क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ।

असोज २८, २०८३ बुधबार १६:०४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।