दशैं अवधिभर काभ्रेमा टिपर चलाउन नपाइने

दशैं अवधिभर काभ्रेमा टिपर चलाउन नपाइने
फाइल तस्बिर

काभ्रेपलाञ्चोक : दशैंको अवधिभर काभ्रेपलाञ्चोक जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।  

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाका प्रमुख राजमार्ग तथा सडकहरूमा टिपर चलाउन नपाइने जनाएको हो।  

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ गतेदेखि कार्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।

उनले दशैंका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए।

प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्पूर्ण टिपर व्यवसायी, चालक तथा सम्बद्ध पक्षहरूसँग अनुरोधसमेत गरेको छ।  

असोज २८, २०८३ बुधबार १५:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।