बूढीगण्डकी बाढी : गोरखाको जगतबाट नेपाली सेनाले गर्यो ६ जनाको हवाई उद्धार
काठमाडौं : बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ।
त्यस्तै, काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाईमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाको टोली परिचालन गरिएको हो।
असोज २५, २०८३ आइतबार ११:०३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।