पश्चिम सुर्खेतमा भेटिए १८ थान भरुवा बन्दुक

पश्चिम सुर्खेतमा भेटिए १८ थान भरुवा बन्दुक
फाइल तस्बिर

कर्णाली : सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

सुर्खेतको चौकुने गाउँपालिका-७ स्थित सान्नेघारीको जङ्गलमा लुकाइराखेको अवस्थामा प्रहरीले असोज २३ गते पाँच थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए। 

त्यसैगरी चौकुने गाउँपालिका-१ सुर्खेत धामिसेनस्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा १२ थान र बराहाताल गाउँपालिका-१ सुर्खेतस्थित ज्यामिरेको जङ्गलमा लुकाइछिपाइ राखेको एक थान भरुवा बन्दुक फेला पारेको बोहोराले बताए। 

उनका अनुसार फेला पारिएका भरुवा बन्दुक रितपूर्वक बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

असोज २४, २०८३ शनिबार १८:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।