गुल्मीमा खेतमा पानी लगाउन गएका एक जनाको करेन्ट लागेर मृत्यु

गुल्मीमा खेतमा पानी लगाउन गएका एक जनाको करेन्ट लागेर मृत्यु

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका–५ मा खेतमा काम गर्ने क्रममा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर ऋषिराम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भण्डारी मङ्गलबार दिउँसो स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म  घर नफर्किएपछि आफन्त र छरछिमेकीले उनको खोजी गरेका थिए।

खोजीकै क्रममा बुधबार बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला पारेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज २१, २०८३ बुधबार १२:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।