गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति, सिँचाइ पूर्वाधार ध्वस्त

गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति, सिँचाइ पूर्वाधार ध्वस्त

बागलुङ : बागलुङको गलकोट नगरपालिकामा असोज दोस्रो साता आएको भीषण बाढी, पहिरो र हुरीबतासले ठूलो भौतिक क्षति पुर्याएको छ।

नगरपालिकाका अनुसार विपत्तिका कारण एक वडा कार्यालयसहित कुल ६३ घरमा क्षति पुगेको छ। जसमध्ये हुरीबतासले मात्रै ३९ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने ५२ घरमा आंशिक क्षति पुर्याएको छ। यसका साथै अन्य १३३ घरमा पनि बाढी पहिरोका कारण आंशिक क्षति पुगेको छ।

विपत्तिले स्थानीय आवास क्षेत्रका साथै कृषि तथा सिँचाइ पूर्वाधारमा पनि ठूलो धक्का पुर्याएको छ। गलकोटभरिका २१ वटा पक्की सिँचाइ संरचनामा  धेरै क्षति पुगेको छ भने २४ वटामा सामान्य क्षति भएको छ। त्यसैगरी, किसानहरूले प्रयोग गर्दै आएका २०३ वटा कच्ची सिँचाइ संरचनामा पनि नोक्सानी भएको छ । 

असोज १८, २०८३ आइतबार १०:४१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।