बजाज चेतकले ल्यायो ‘चेतक फेस्टिभ फाइभ’ अफर : १ लाखसम्म छुट र शून्य प्रतिशत ब्याजदरको सुविधा

बजाज चेतकले ल्यायो ‘चेतक फेस्टिभ फाइभ’ अफर : १ लाखसम्म छुट र शून्य प्रतिशत ब्याजदरको सुविधा

काठमाडौं : नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक स्कुटर बजाज चेतकमा ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोड्ने उद्देश्यले ल्याइएको यो अफर दशैंदेखि छठ पर्वसम्म लागू हुने कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर, एक लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षे ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिजको सुविधा पाउनेछन्।

अफरबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन यो अफर ल्याइएको बताए। शून्य प्रतिशत ब्याजदर र आकर्षक क्यासब्याकले ग्राहकलाई ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न मद्दत पुग्ने उनको भनाइ छ।

कम्पनीका अनुसार यो ‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा उपलब्ध छ। क्लासिक डिजाइन र आधुनिक पफर्मेन्सको सम्मिश्रण रहेको चेतक नेपाली बजारमा रुचाइएको भरपर्दो इलेक्ट्रिक स्कुटर हो।

असोज १४, २०८३ बुधबार १०:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।