संकटमा बाढीका टुहुरा बालबालिका, दलालको नजर सेल्टर र गुम्बामा

एक साताअघि काठमाडौंको गुम्बामा रहेका बाढी पीडित ६ जना बालबालिका एकाएक हराए। दुई/तीन दिनसम्म पनि बालबालिका नभेटेपछि खैलबैला मच्चायो। खोजी गर्दा खुल्यो-उनीहरूलाई आफन्त भनिएका व्यक्तिहरूले नै कुनै कानुनी प्रक्रिया नपूर्याई एउटा गैरसरकारी संस्थाको जिम्मा लगाएका रहेछन् !

बाढीले नागरिकता, जन्मदर्ताजस्ता महत्त्वपूर्ण कागजात बगाएका कारण आफन्त भनिएकाहरूको नाता प्रमाणित गर्ने कानुनी आधार छैन। यही मौका छोपेर कतिपय शङ्कास्पद संस्था र दलालहरू गाउँ-गाउँ पुगेर १० वर्षमुनिका बालबालिका जिम्मा लिन खोजिरहेका छन्।

भोटेकोशीको बाढीले रसुवा र नुवाकोटमा सयौं बालबालिकालाई अभिभावकविहीन बनायो। विपद्पछि यी टुहुरा र असहाय बालबालिकाहरूमाथि सबैभन्दा ठूलो मानिसको रूपमा लुकेका यस्तै तस्कर र शंकास्पद संस्थाहरूबाट पनि खतरा बढेको छ। कसैले बा-आमा दुबै गुमाएका छन्। कसैको बा छन् आमा छैनन् त कसैको आमा छन् बा छैनन्।

बा-आमा दुबै भएर पनि घरबार नहुँदा अलपत्र परेका बालबालिकाहरू पनि टन्नै छन्। अभिभावक गुमाएका, नागरिकता र जन्मदर्ता जस्ता पहिचान हुने कागजात बाढीले बगाएका बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर काठमाडौंसम्म ल्याउने र अवैध रूपमा अन्यत्रै बेपत्ता पार्ने प्रयासका घटनाहरू तीव्र बन्न थालेका छन्।

आखिर कति छन् यस्ता बालबालिका ? उनीहरुलाई कसले कसरी तस्करीको प्रयास गरिरहेका छन्? अनि यो रोक्न राज्यको संयन्त्रले के गरिरहेको छ? आजको विशेष रिपोर्टमा हामीले यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छौँ।

असोज १३, २०८३ मंगलबार १७:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।