विपद्बाट चार दिनमा १५ जनाको मृत्यु

विपद्बाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्का घटनामा परी पछिल्लो चार दिनमा १५ जनाको मृत्यु भएको छ।

विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। 

विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

यसैबिच, बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

असोज ११, २०८३ आइतबार १८:४०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।