अविरल वर्षापछिको विपद्मा छ जनाको मृत्यु

अविरल वर्षापछिको विपद्मा छ जनाको मृत्यु

काठमाडौं : अविरल वर्षाका कारण बिहीबारदेखि (असोज ८) देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ।

विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

बाढी पहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ। प्रहरीले ४०७ जनाको उद्धार गरेको छ।

असोज १०, २०८३ शनिबार २०:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।