ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

काठमाडौं : ताप्लेजुङको दोभान बजारको पुरानो बजार क्षेत्रमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो अचानक सुरु भएको आगो नियन्त्रणमा लिन सुरक्षा निकाय र स्थानीयवासी प्रयासरत छन्।

प्रहरीका अनुसार स्थानीय दावा शेर्पाको घरबाट आगलागी सुरु भएको थियो। आगलागीको कारण भने यकिन हुन सकेको छैन। दोभान बजार क्षेत्रमा करिब ५० घरधुरी छन्।

आगो निभाउन फुङलिङ बजारबाट दमकल पठाइएको छ भने आगो थप फैलिन नदिन आसपासका घरहरू भत्काउने कामसमेत भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल बजागाईँले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन हुन बाँकी नै छ। 

असोज ८, २०८३ बिहीबार १६:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।