टेकुस्थित प्लास्टिक गोदाममा आगलागी

टेकुस्थित प्लास्टिक गोदाममा आगलागी

काठमाडौं : काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा सोमबार साँझ आगलागी भएको छ।

प्रहरी वृत्त कालिमाटीका अनुसार आगो नियन्त्रणमा लिन घटनास्थलमा दुई वटा दमकल परिचालन गरिएको छ। सुरक्षाकर्मी र स्थानीयहरू आगो निभाउने प्रयास गरिरहेका छन्।

गोदाममा के-कति कारणले आगलागी भएको हो भन्ने विषय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन घटनास्थलमा अहिले दुई वटा दमकल परिचालन गरिएको छ। 

असोज ५, २०८३ सोमबार १८:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।