आइसीयुमा अन्तर्वार्ताबारे मेडिकल काउन्सिलका सदस्य डा. रविन भन्छन् “क्लिएर कट मिल्दैन”
पत्रकारिताको आचारसंहिता होस् या मेडिकल प्रोटोकल-बिरामीको जीवन र मर्यादाका नियमहरू भूगोलपिच्छे फेरिँदैनन्। तर एकै घटनामा राज्य संयन्त्रले उस्तै व्यवहार गर्छ भन्ने ग्यारेन्टी हुन्न। त्यो सत्तासँग जोडिने स्वार्थ र सत्ताधारीको चेतमा धेरै भर पर्छ।
उदाहरण, छिमेकी मुलुक भारतमा अस्पतालको एचडियूमा छिरेर घाइतेको अन्तर्वार्ता लिने पत्रकार अमन चोपडा विरुद राज्य संयन्त्र सक्रिय हुँदै तत्काल उजुरी दर्ता भयो र कानुनी दायरामा ल्याइयो।
तर, यता नेपालको अवस्था भने ठिक उल्टो छ!
भोटेकोशी बाढीमा सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनको उपचाररत सैनिक अस्पतालको आईसीयूभित्रै क्यामेरा, लाइट र माइकसहित पसेर युट्युबर सुरजसिंह ठकुरीले दुई घण्टाभन्दा बढी समय ‘सुटिङ’ गरे।
भिडियो सार्वजनिक भएको तीन दिन भइसक्दा पनि मुख्य जिम्मेवार निकाय नेपाली सेनाका प्रवक्ता “बुझिरहेका छौँ” भन्छन्, मेडिकल काउन्सिलका पदाधिकारीहरू पनि “बुझ्दै छौँ” भन्दै पन्छिरहेका छन्। धन्न, प्रेस काउन्सिल नेपालले भने ठकुरीदेखि अन्य निकायमा पत्राचारसम्म गरेको छ।
जहाँ नियमनकारी निकायहरू मौनता साँध्न खोज्छन्, त्यहाँ प्रश्न उठ्छ- के पत्रकारिता आचारसंहिता र स्वास्थ्य प्रोटोकल देश हेरेर फेरिन्छ? वा पहुँचका भरमा नेपालमा जे पनि चल्छ?
यही विषयमा केन्द्रित भएर आज हामीले नेपाल मेडिकल काउन्सिलका सदस्य डा रविन बस्नेतसँग उकेराकर्मी उपेन्द्र खड्काको विशेष संवाद :
भदौ ३०, २०८३ मंगलबार २२:३१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।