हुलिया फेरेर हिँडिरहेका एक युवक नयाँ बसपार्कबाट पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचारप्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा काठमाडौंको नयाँ बसपार्कबाट शनिबार एक युवक पक्राउ परे।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६, नयाँ बसपार्क बस्दै आएका पाँचथरको फिदिम नगरपालिका-३ का २४ वर्षीय सरोज लामा हुन्।
सामाजिक सञ्जालमा वेश्यागमनलाई प्रचारप्रसार हुने सामग्री पोस्ट गरेकोले उनलाई ‘वेश्यागमनको प्रचार गर्न नहुने’ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सरोज हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला परेका थिए। प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजतलास गर्दा लामालाई नयाँ बसपार्क क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो।
सरोजमाथि थप अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद गरिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको थापाले बताए।
भदौ २९, २०८३ सोमबार १४:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।