Inside The ICU : बिरामीको जीवनसँग खेलवाड कि पत्रकारिता ?
सेनाको आइसियुमा युट्युब स्टुडियो? मेडिकल प्रोटोकल र नैतिकतालाई तामासा बनाउँदै सुरजसिंह ठकुरीले गरेको विवादित अन्तर्वार्ताको पर्दाफास! त्रिशूली थ्री ‘ए’ बाढीबाट उद्धार गरिएका घाइतेहरूको जीवन र स्वास्थ्यमाथि खेलवाड गर्दै सैनिक अस्पतालको अतिसंवेदनशील आइसियु कक्षभित्र २ घण्टासम्म क्यामेरा र लाइट बालेर गरिएको यो हर्कत कतिसम्म जायज छ?
‘इनसाइड दि बङ्कर’ ले जस्तोसुकै ‘डिस्क्लेमर’ राखेर आफ्नो बचाउ गर्न खोजे पनि, चिकित्सकहरूले यसलाई ‘चरम लापरबाही’ र ‘चिकित्सकीय आचारसंहिता विपरीत’ भनेका छन्। आइसियुमा संक्रमणको जोखिम, मास्कविहीन अन्तर्वार्ता र पीडित परिवारको आक्रोशबारे हाम्रो यो विशेष खोज रिपोर्ट। अनुमति दिने सैनिक मुख्यालय होस् वा क्यामेरा बोकेर पस्ने सञ्चालक- यो गैरजिम्मेवारपनविरुद्धको कडा प्रश्न ! तपाईंको विचारमा आइसियुमा मिडियालाई भित्र छिराउनु कति हदसम्म उचित हो?
भदौ २९, २०८३ सोमबार ००:१२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।