लेदो पन्छाएर चिलिमेको सुरुङभित्र प्रवेश गर्यो उद्धार टोली

लेदो पन्छाएर चिलिमेको सुरुङभित्र प्रवेश गर्यो उद्धार टोली

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्नका लागि उद्धार टोली भित्री भागसम्म पुगेको छ।

शनिबार बिहानैदेखि निरन्तर एक्स्काभेटर प्रयोग गरी बाढीले थुपारेको बाक्लो लेदो, ढुंगा र कंक्रिट पन्छाएपछि टनेलतर्फ जाने बाटो खुलेको हो। बाटो खुलेसँगै उद्धार टोली टनेलभित्र प्रवेश गरेर खोजी कार्यलाई तीव्रता दिएको छ।

इन्जिनियर गोकर्ण चौधरीका अनुसार टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।

भदौ २७, २०८३ शनिबार १६:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।