वीरगञ्जमा साढे चार लाख स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्जमा साढे चार लाख स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्ज : स्रोत नखुलेको भारतीय रुपैयाँसहित पर्सा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी पलानवा थाना-१० का ५५ वर्षीय अशोक कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनलाई चार लाख ५० हजार भारतीय रुपैयाँसहित आज पक्राउ गरिएको हो । 

नियमित गस्तीमा रहेको प्रहरी टोलीले जाँचका क्रममा उनी सवार मोटरसाइकलको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद गरेको थियो। बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरका नोटहरू र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ २७, २०८३ शनिबार १३:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।