पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेष मुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ता जानकारी दिए।
उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुर्व्यवसीहरू प्रायः पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकाले घटना यो घटेको हुन सक्ने अनुमान गरेको छ।
भदौ २७, २०८३ शनिबार १२:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।