साताको अन्तिम दिन सेयर बजारमा सुधार : नेप्से २७.९४ अङ्कले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार

साताको अन्तिम दिन सेयर बजारमा सुधार : नेप्से २७.९४ अङ्कले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुग्यो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुग्यो। फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुग्यो। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुग्यो। 

शुक्रबार विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भए। सबै उपसमूहको सेयर मूल्य बढ्यो।

बैंकिङ शून्य दशमलव ७८, व्यापार एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव शून्य पाँच, हाइड्रोपावर एक दशमलव ८३, वित्त शून्य दशमलव ४६, निर्जीवन बिमा एक दशमलव ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ९७, जीवन बिमा शून्य दशमलव ९७, लगानी एक दशमलव ५८ र अन्य शून्य दशमलव ४२ प्रतिशतले बढे।

शुक्रबार २३८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घट्नुका साथै नौ कम्पनी स्थिर छन्। नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाए। त्यसैगरी मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, ओममेगाश्रीलगायत लगानीकर्ताले गुमाए।

भदौ २६, २०८३ शुक्रबार १७:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।