वात्सल्य आईभीएफद्वारा शून्य प्रतिशत ब्याजमा ९ महिने किस्ताबन्दी सेवा सुरु
काठमाडौं : प्रजनन् उपचार सेवा प्रदायक संस्था ‘वात्सल्य नेचुरल आईभीएफ’ले सन्तान प्राप्तिको उपचारलाई आर्थिक रूपमा सहज र पहुँचयोग्य बनाउन ‘इजी मदरहुड इनिसियटिभ (ईएमआई)’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत सेवाग्राहीले कुनै पनि अतिरिक्त ब्याज नतिरी ९ महिनाको सहज किस्ताबन्दीमा सम्पूर्ण आईभीएफ तथा प्रजनन् उपचार सेवा लिन सक्नेछन्।
एकमुष्ट रकम जोहो गर्न नसक्दा दम्पतीहरू उमेरमै उपचार सुरु गर्नबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ।
न्यूनतम कागजी प्रक्रियामार्फत २४ देखि ४८ घण्टाभित्र स्वीकृत हुने यस योजनामा कुनै पनि लुकेको शुल्क नलाग्ने बताइएको छ।
किस्ताबन्दी सुविधा लिँदा पनि उपचारको गुणस्तर, प्रयोगशाला सेवा र विशेषज्ञ परामर्शमा कुनै सम्झौता नहुने क्लिनिकले स्पष्ट पारेको छ।
यो सेवा वात्सल्यको काठमाडौँस्थित नक्साल (नारायणचौर) केन्द्रबाट प्राप्त गर्न सकिनेछ।
भदौ २४, २०८३ बुधबार १३:५५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।