तोलामा ३ हजार रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

तोलामा ३ हजार रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

मंगलबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा तीन हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ४० रूपैयाँ घटेको छ।

मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

भदौ २४, २०८३ बुधबार ११:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।