बाढी प्रभावित विदुर नगरपालिकामा आजदेखि विद्यालय सञ्चालन हुने
नुवाकोट : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित बनेको नुवाकोटको विदुर नगरपालिकामा आज बुधबारदेखि विद्यालयहरूमा पठनपाठन सुरू हुने भएको छ।
नगर कार्यपालिकाको १३४औं बैठकले गरेको निर्णयअनुसार अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) नबनाइएका विद्यालयहरूमा आजदेखि नियमित पठनपाठन सञ्चालन गर्न लागिएको हो।
हाल बाढी प्रभावितहरूका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट भने केही दिनभित्रै नागरिकहरूलाई अन्यत्र व्यवस्थापन गरी पढाइ सुरु गरिने नगरपालिकाले जनाएको छ।
गत भदौ १० गते आएको बाढीले नगरपालिकाभित्रका ६ वटा विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।
भदौ २४, २०८३ बुधबार ०९:४३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।