बाढी प्रभावित क्षेत्रमा डिशहोमको पहलमा निःशुल्क स्याटेलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा डिशहोमको पहलमा निःशुल्क स्याटेलाइट इन्टरनेट

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क (डिशहोम) र युटेलस्याट वनवेबले नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्। 

बाढीले स्थलगत दूरसञ्चार पूर्वाधारमा क्षति पुऱ्याएपछि सञ्चार सम्पर्क विच्छेद भएका स्थानमा सेवा प्रवाह सुचारु राख्न डिशहोमले यो पहल गर्यो। 

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र समन्वयमा युटेलस्याटसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा डिशहोमले जनायो। भदौ १० गतेको बाढीबाट अति प्रभावित क्षेत्रहरूमा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा वनवेब स्याटेलाइट इन्टरनेट उपलब्ध गराउन थालिएको हो।

विपद्को समयमा उद्धार र राहत समन्वयका लागि सञ्चार सेवा अनिवार्य हुने भएकाले हाल प्रभावित क्षेत्रका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र समन्वय केन्द्रहरूमा यो सेवा जडान गरिएको छ। 

युटेलस्याट वनवेबको ‘लो-अर्थ अर्बिट’ प्रविधिमार्फत उपलब्ध गराइएको वैकल्पिक कनेक्टिभिटीले क्षतिग्रस्त स्थलगत इन्टरनेटको विकल्पको रूपमा काम गर्नेछ।

भदौ २३, २०८३ मंगलबार १९:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।