प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रकम संकलन
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।
अहिले नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ।
भदौ २३, २०८३ मंगलबार १७:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।