बाढीपीडितलाई सिटिजन लाइफका लिडर्सद्वारा राहत सामग्री वितरण

बाढीपीडितलाई सिटिजन लाइफका लिडर्सद्वारा राहत सामग्री वितरण

काठमाडौं : रसुवा र नुवाकोटमा हालै आएको बाढीबाट प्रभावित परिवारहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध लिडर्सहरूले राहत सामग्री सहयोग गरेका छन्।

कम्पनीका विभिन्न शाखाका लिडर्स तथा सहयोगीहरूबाट संकलित खाद्यान्न र लत्ताकपडालगायतका अत्यावश्यक सामग्री पहिलो चरणमा भदौ १३ गते विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।

त्यसलगत्तै भदौ १९ गते बाढीबाट प्रत्यक्ष प्रभावित बेत्रावती (स्वारा) स्थित अस्थायी बस्तीमै पुगेर पीडितहरूलाई राहत वितरण गरिएको हो।

कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण सडकको सामना गर्दै होल्डिङ सेन्टरहरूसम्म पुगेर सामग्री हस्तान्तरण गरिएको थियो।

बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद सापकोटाको समग्र समन्वयमा सञ्चालित यस अभियानमा ८० भन्दा बढी लिडर्सहरूले सहभागिता तथा योगदान जनाएका थिए।

अभियानमा स्वयम्भू, जरङ्खु, महाराजगञ्ज, टोखा, बालाजु र नुवाकोट शाखाका प्रमुखहरूले व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए।

प्राकृतिक विपद्को घडीमा प्रभावित नागरिकलाई तत्काल मद्दत पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यो राहत अभियान चलाइएको कम्पनीले जनाएको छ।

भदौ २३, २०८३ मंगलबार १३:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।