बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा एक सय रूपैयाँ बढेको छ।
सोमबार तोलामा चार हजार छ सय ९० रूपैयाँमा किनबेच भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
भदौ २३, २०८३ मंगलबार ११:१०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।