बाढीपीडितको राहतका लागि युनिलिभर नेपालद्वारा ६ करोड बराबरको सहयोग
काठमाडौं : हालैको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले नगद तथा जिन्सी गरी कुल ६ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।
कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा नगद ५ करोड रुपैयाँ योगदान गरेको छ।
साथै, बाढी प्रभावित क्षेत्रमा सरसफाइ कायम राख्न र संक्रमण फैलिन नदिन थप १ करोड रुपैयाँ बराबरको २६ टन स्वास्थ्य तथा दैनिक सरसफाइ सामग्री उपलब्ध गराएको जनाएको छ।
राहत सामग्रीका रूपमा युनिलिभरले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनजस्ता घरायसी तथा व्यक्तिगत सरसफाइका उत्पादनहरू वितरण गर्नेछ।
कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिनु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, “यस सहयोगले राहत प्रयासहरूलाई तीव्रता दिनुका साथै प्रभावित परिवारहरूलाई सुरक्षित र स्वस्थ जीवनमा फर्किन मद्दत पुग्ने विश्वास लिएका छौँ।”
भदौ २३, २०८३ मंगलबार ०९:४५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।