लगातार चौथो दिन बढेको नेप्से २५६० विन्दुमा, निर्जीवन बीमामा देखियो आकर्षण

लगातार चौथो दिन बढेको नेप्से २५६० विन्दुमा, निर्जीवन बीमामा देखियो आकर्षण

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन ४.६६ अंक बढेको नेप्से परिसूचक आज १८.०७ अंक बढेर २५६० विन्दुमा कायम भयो। योसहित लगातार चौथो दिन सेयर बजार बढेको हो। 

कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन तीन अर्ब ४६ करोडको कारोबार भएकोमा आज नी अर्ब ८३ करोडको भयो।

१९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ४ को स्थिर रह्यो। आज निर्जीवन बीमा समूह आकर्षण देखियो। यो समूह सबैभन्दा धेरै २.०५ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशत बढे। व्यापार ०.०९ तथा फाइनान्स ०.४३ प्रतिशत घटे।

आज पियोर इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो। यस्तै, अपर लोहोरेखोलाको १३.३३ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल र सुपरमादी हाइड्रोपावर छन्।

भदौ २२, २०८३ सोमबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।