७५ सय एमएएच ब्याट्रीसहित ‘अनर एक्स सेभेन ई’ नेपालमा सार्वजनिक, इयरबड्स सित्तैमा पाइने

७५ सय एमएएच ब्याट्रीसहित ‘अनर एक्स सेभेन ई’ नेपालमा सार्वजनिक, इयरबड्स सित्तैमा पाइने

काठमाडौं : स्मार्टफोन ब्रान्ड अनरले शक्तिशाली ब्याट्री र आकर्षक फिचरसहितको नयाँ फोन ‘अनर एक्स सेभेन ई’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

६ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध यस फोनको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यस स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको ७,५०० एमएएचको विशाल ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ हो।

फोनमा ६.६१ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त स्मूथ डिस्प्ले तथा ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर मुख्य क्यामेरा रहेको छ।

‘सनराइज ओरेन्ज’ र ‘मिडनाइट ब्ल्याक‘ रङमा उपलब्ध यो फोन नेपालभरका आधिकारिक स्टोरहरूबाट खरिद गर्न सकिनेछ।

लन्च अफरअन्तर्गत सेप्टेम्बर १५, २०२६ सम्म यो फोन खरिद गर्ने ग्राहकले ‘अनर एक्स सेभेन ई एक्टिभ इयरबड्स’ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

भदौ २२, २०८३ सोमबार १२:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।