सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। 

आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार छ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

भदौ २२, २०८३ सोमबार ११:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।