रसुवागढी नाका अवरुद्ध भएपछि कोरला हुँदै भित्रिँदै ‘लिपमोटर बी१०’, छिट्टै डेलिभरी दिइने
काठमाडौं : लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले आफ्नो चर्चित विद्युतीय एसयूभी ‘लिपमोटर बी१०’ मुस्ताङस्थित कोरला नाका हुँदै नेपाल भित्र्याउन थालेको छ।
रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि कम्पनीले ग्राहकलाई समयमै गाडी उपलब्ध गराउन वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरेको हो।
नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा भएको उच्च बुकिङ तथा मागलाई सम्बोधन गर्न कोरला नाकाबाट ढुवानी तथा भन्सार प्रक्रिया तीव्र पारिएको र छिट्टै ग्राहकलाई गाडी हस्तान्तरण (डेलिभरी) सुरु गरिने कम्पनीले जनाएको छ।
बजेटपछिको नयाँ मूल्यअनुसार ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको यस गाडीमा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिन्छ।
१८० मिमी ग्राउन्ड क्लियरेन्स रहेको ‘बी१०’ मा १४.६ इन्चको २.५के टचस्क्रिन, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र ठूलो प्यानोरामिक सनरूफ जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन्।
भदौ २२, २०८३ सोमबार ०९:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।