घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। 

शुक्रबार तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको सुन आज तीन हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार सुन तोलामा तीन लाख सात हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदी तोलामा ४० रूपैयाँ घटेको छ। शुक्रबार तोलाको चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

भदौ २१, २०८३ आइतबार ११:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।