प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

काठमाडौं : बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल र ईसेवा मनि ट्रान्सफर तथा कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम उपलब्ध गराइएको हो।

यसैबीच, कम्पनीका डिजिटल प्लेटफर्ममार्फत पनि ठूलो परिमाणमा राहत रकम संकलन भएको छ।

कम्पनीका अनुसार हालसम्म इसेवाका प्रयोगकर्ताहरूबाट ९ करोड ७० लाख रुपैयाँ र फोनपेमार्फत (भारतको एनपीसीआई र चीनको अलिपेसहित) २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ।

एफवानसफ्ट ग्रुपले बाढी प्रभावितहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विपद्को यस घडीमा उद्धार, राहत तथा सहयोगमा अहोरात्र खटिएका सुरक्षा निकाय, स्वयंसेवक तथा संघसंस्थाहरूप्रति आभार प्रकट गरेको छ।

भदौ १९, २०८३ शुक्रबार ०९:०१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।