'एनविडिया'का सीईओ जेन्सनले  भोटेकोशी बाढी पीडितका लागि दिए डेढ अर्ब सहयोग

'एनविडिया'का सीईओ जेन्सनले  भोटेकोशी बाढी पीडितका लागि दिए डेढ अर्ब सहयोग

काठमाडौं : गत साता रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नेपालका लागि 'एनविडिया'का संस्थापक तथा सीईओ जेन्सन हुआङले १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) आर्थिक सहयोगको घोषणा गरेका छन्। यो एआइ सम्बन्धी चिपको उत्पादन गर्ने कम्पनी हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार राति एक भिडियो सन्देश सार्वजनिक गर्दै हुआङले नेपाललाई विपद्का बेला ठूलो राहत सहयोग प्रदान गरेको जानकारी दिएका हुन्। सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले यस संकटको घडीमा नेपालप्रति सहानुभूति प्रकट गर्दै सहयोग पुर्याएकोमा सीईओ हुआङलाई कृतज्ञता व्यक्त गरेका छन्।

पछिल्लो समय भोटेकोशी बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि सरकारले उद्धार र राहतका कामलाई तीब्र पारिरहेको छ। अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त यो ठूलो सहयोगले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पीडितहरूको पुनस्थापनामा महत्त्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।

भदौ १९, २०८३ शुक्रबार ००:४०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।