जलविद्युतका टनेलबाट आउन थाले दुखद खबर, बिहीबार तीन शव भेटिए

जलविद्युतका टनेलबाट आउन थाले दुखद खबर, बिहीबार तीन शव भेटिए

काठमाडौं : नौ सय बढी हराइरहेको नुवाकोट र रसुवाका जलविद्युत गृहको टनेलहरूबाट दुखद खबर आउन सुरु भएको छ। भोटेकोशीमा बाढी आएको नौ दिनसम्म खोजी तथा उद्धारमा खटिएको टोली कुनै पनि विद्युत् उत्पादन गृहको भित्री भागमा पुग्न सकेको छैन। बिहीबार दुई जलविद्युत गृहबाट तीन शव फेला परेको छ।

बिहीबार तीन सय जना फसेको आशंका गरिएको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा एउटा शव फेला छ। नेपाली सेनाका अनुसार बिहीबारको दिनभरको प्रयासमा एउटा शव फेला परेको हो। बिहीबार एक्सेस टनेल-१ बाट रबर बोटमा डिसेन्डर बेसिन एक्सेस क्षेत्रको करिब २० सय मिटर भित्र गएपछि सुरुङको बन्द भाग फेला परेको सेनाले जनाएको छ।

बिहीबारै लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा दुई जनाको शव भेटिएको थियो। उक्त आयोजनामा १९ जना सम्पर्कविहीन छन्। सबै जलविद्युत केन्द्रहरूका करिब नौ सय जना बेपत्ता छन्। सरकारले प्रारम्भमै खोजी र उद्धारमा अन्तर्राष्ट्रिय अनुभवी टिमको सहयोग नमागेको र खोजी तथा उद्धारमा सम्बन्धित विद्युत् गृह निर्माणमा संलग्न प्राविधिकहरूलाई सहभागी नगराएको भन्दै आलोचना भइरहेको छ।

बिहीबार लाङटाङको सुरुङमा दुई वटा शव सोही विद्युत् गृहका प्राविधिकले फेला पारेका हुन्। अन्य टनेलमा फसेकाहरूको खोजी अभियान जारी नै रहे पनि उत्साहजनक उपलब्धि भने देखिएको छैन।

भदौ १९, २०८३ शुक्रबार ००:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।