४ अंक बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। अघिल्लो दिन १५.४४ अंक बढेको नेप्से परिसूचक आज ४.६६ अंकले बढेर २५४२ विन्दुमा कायम भयो।
कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन दुई अर्ब ९४ करोडको कारोबार भएकोमा आज तीन अर्ब ४६ करोडको कारोबार भयो।
१४५ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने १० को स्थिर रह्यो। आज लगानी समूह सबैभन्दा धेरै १.२६ प्रतिशत बढ्यो। त्यस्तै व्यापार १.०९, बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.२७ प्रतिशत बढे। फाइनान्स ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य ०.३६ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडिल तमोर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, आँखुखोला जलविद्युत् र रिडी पावर छन्।
भदौ १८, २०८३ बिहीबार १५:४३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।