बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग, थप २० लाखको प्रतिबद्धता

बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग, थप २० लाखको प्रतिबद्धता

काठमाडौं : भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकहरूको राहत, पुनर्निर्माण तथा स्वास्थ्य सुरक्षाका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

विपद्पछि प्रभावित क्षेत्रमा दूषित पानी र सरसफाइको अभावले सङ्क्रामक रोगहरू फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको संस्थाले जनाएको छ।

यसैगरी, बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका स्वास्थ्य तथा शैक्षिक पूर्वाधारको दीर्घकालीन पुनर्निर्माणका लागि संस्थाले चरणबद्ध रूपमा थप २० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भदौ १८, २०८३ बिहीबार १३:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।