बाढीपीडितका लागि सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख सहयोग, प्रत्यक्ष राहत पनि परिचालन

बाढीपीडितका लागि सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख सहयोग, प्रत्यक्ष राहत पनि परिचालन

काठमाडौं : विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

यो रकम प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा उपयोग हुने अपेक्षा गरिएको छ।

आर्थिक सहयोगका साथै समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदियन सहायता संस्था’ मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहतसमेत वितरण गरिरहेको छ।

संस्थाका प्रतिनिधिहरूले स्थलगत रूपमै पुगेर पीडित परिवारलाई आवश्यक खाद्यान्न तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइरहेका छन्।

सङ्कटको यस घडीमा प्रभावित समुदायसँग ऐक्यबद्ध रहँदै उद्धार र पुनर्स्थापनामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समूहले जनाएको छ।

भदौ १८, २०८३ बिहीबार १२:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।