सुनको मूल्य फेरि तीन लाख नाघ्यो, तोलामा सात हजार ६ सय रूपैयाँ बढ्यो

सुनको मूल्य फेरि तीन लाख नाघ्यो, तोलामा सात हजार ६ सय रूपैयाँ बढ्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। 

बुधबारको तुलनामा यसदिन सुनको मूल्य तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि एक सय ४५ रूपैयाँले बढेको छ।

बुधबार प्रतितोला चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

भदौ १८, २०८३ बिहीबार ११:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।